महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी स्थित जोगबुढा नदीमा शसस्त्र प्रहरी बल नेपाल प्रस्तावीत सीमा सुरक्षा गुल्म देवीस्थान दोधारा चाँदनीले विपदपूर्व तयारी अभ्यास प्रदर्शन गरेको छ ।
बाढीको जोखिमयुक्त बस्तीमा बाढीबाट बच्ने उपाय र खोज उद्दार लगायतका बारेमा समुदायस्तरमा नमुना अभ्यास प्रदर्शन गरिएको हो । शसस्त्र प्रहरी बल नेपाल प्रस्तावीत सीमा सुरक्षा गुल्म देवीस्थान,राष्ट्रिय समाज कल्याण संघ र दोधारा चाँदनी नगरपालिकाको सहयोगमा बाढीबाट बच्ने उपाय र खोज उद्दार नमुना अभ्यास प्रदर्शन गरेको हो ।
सीमा सुरक्षा गुल्म देवीस्थानको तालिमप्राप्त टोलीले विपदको बेला घर वरपरिका सरसामान प्रयोग गरेर पनि बाढीबाट बच्न सक्ने उपयाहरु बारे स्थानीयलाई नदीमा नमुना अभ्यास दोखाएको हो ।
बाढीबाट जोखिमयुक्त क्षेत्रका स्थानीयमा जनचेतना फैलाउने उदेश्यले तालीमप्राप्त टोलीद्धारा नमुना अभ्यास गराइएको शसस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यक्रम संयोजक राज कुमार सुनारले बाढीको जोखिम रहेको समुदायमा पूर्व तयारी र बाढीबाट बच्ने उपायको बारेमा नमुना अभ्यास गरी स्थानीयलाई जानकारी दिएको बताए । “बाढी आइहाले पनि सुरक्षित स्थानमा कसरी जाने आवश्यक सामाग्री कसरी जोगाउने भन्ने विषयमा शसस्त्र प्रहरीको तामिम प्राप्त टोलीद्धारा नदीमा अभ्यास गरेर देखाइएको हो ।” उनले भने–“भीमदत्त,दोधारा चाँदनी र डडेल्धुराको परशुराम नगरपालिकाका जोखिमयुक्त क्षेत्रमा नमुना अभ्यास गराउन लागेका छौ ।” तीन तर्फ जोगबुढा नदी र एकतर्फ महाकाली नदीले घेरिएको दोधारा चाँदनी बाढीको उच्च जोखिममा पर्छ ।
.gif)