सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरका सिडिओलाई गृहमन्त्रीको फोन


पश्चिम प्रेस
बिहीबार , माघ २० २०७८
  • 1.1K
    Shares

  • images
    images
    कञ्चनपुरका सिडिओलाई गृहमन्त्रीको फोन

    महेन्द्रनगर । गृहमन्त्री बालकृष्ण खाँणले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेलाई फोन गरेका छन । बिहिबार बिहानै गृहमन्त्री खाणले टेलिफाने मार्फत जिल्लाका शान्तिसुरक्षाको अवस्था लगायतका विषयमा जानकारी लिएका छन । उनले जिल्लामा कोभिड–१९ सङ्क्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनु पर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर सोधपुछ गरेका हुन ।  त्यसैगरी उनले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिएका छन ।


    प्रतिक्रिया दिनुहोस