महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयका आठ जना विद्यार्थीले स्वर्ण पदक प्राप्त गरेका छन ।
आईतबार महेन्द्रनगर स्थित विश्वविद्यालयको केन्द्रिय कार्यालयमा आयोजित तेस्रो दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एंव प्रधानमन्त्री पुष्पकमल दाहालले स्र्णण पदकबाट विभुषित गरेका हुन ।
दीक्षान्त समारोहमा दीक्षित डेढ सय बढी विद्यार्थीहरु मध्ये आठ जनाले स्वर्ण पदक,एक जनाले चान्सलर पदक र एक जनाले भाइस चान्सलर पदक प्राप्त गरे ।
विश्वविद्यालयको केन्द्रिय क्याम्पसका विद्यार्थी व्यवस्थापन संकायबाट स्नाकोत्तर मुकेश राज जोशीले चान्सलर पदक प्राप्त गरेका छन । ईन्जिनियङ्गि संकायमा स्नातक डिल्लीराज शर्माले भाइस चान्सलर पदक प्राप्त गरे । केन्द्रिय क्याम्पसका हेमा जोशी,बलदेव भट्ट,मुकेश राज जोशी,केशव दत्त जोशी,महेश्वरी बडु,मुकुन्द सिंह क्षेत्री,शिव शंकर पाण्डेय र डिल्लाराज शर्माले स्वर्ण पदक प्राप्त गरे ।
दीक्षान्त समारोहमा ईन्जिनियरिङ संकायका २५ जना,सिएसआईटीका १६ जना,बिएससी का १४ जना,बिएडका १७ जना एमएडका १५ जना,बिएका ४ जना,एमएका १४ जना,बिबिए,१७ जना,बिबिएस ३७ जना र एमविएमका २० जना गरी एस सय ७९ जना विद्यार्थी दीक्षित हुनुभएको छ । विश्वविद्यालयका कुलपति एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभइ व्यवहारिक र जीवनोपयोगी हुनुपर्ने बताए ।
“विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्छ ।” उनले भने–“विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभइ व्यवहारिक,जीवनोपयोगी तथा समाजको रूपान्तरणका लागि सहयोगी हुनुपर्दछ ।”
विश्वविद्यालयबाट पासआउट भएका आठ सय ५५ जना विद्यार्थी मध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी भएको विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले बताए ।
२०६८ मा स्थापना भएको विश्वविद्यालयले ०७१ देखि शैक्षिक कार्यक्रमहरू अघि बढाएको थियो । पहिलो पटक ०७४ मा दीक्षान्त समारोह आयोजना गरेको विश्वविद्यालयले कोरोना संक्रमणलगायत कारणले पाँच वर्षपछि असारमा दोस्रो पटक विद्यार्थीलाई दीक्षित गरेको थियो । विश्वविद्यालयको केन्द्रीय र आंगिक गरी १६ क्याम्पसमा २३ हजार तीन सय ९९ विद्यार्थीहरु अध्ययनरत छन ।
विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले हाल विद्यालयमा ४९१ जना प्राध्यापक,१७९ जना कर्मचारी रहेको बताए “आउँदो वर्षदेखीनै वनविज्ञान र हर्वल साईन्सको कार्यक्रम संचालन गर्ने योजनामा छौ ।” उपकुलपति जोशीले भने–“विश्वविद्यालयको आंगिक संकायको रुपमा रहने गरी स्वास्थ्य मन्त्रालय,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र यस विश्वविद्यालयको त्रिपक्षीय सम्झौता भएको छ ।” विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र,व्यवस्थापन,शिक्षाशास्ज्ञ,विज्ञानतथा प्रविधि,ईन्जिनियरिङ्ग,कृर्षि विज्ञान र कानुन र स्वास्थ्य विज्ञान संकाय गरी आठ वटा संकायहरु सञ्चालन गरेको उनले बताए ।