बैतडी । बैतडीमा चट्याङ लागेर आमा छोरा घाइते भएका छन भने दुई भैंसि मरेका छन । आइतबार साँझ ५ बजेको समयमा परेको चट्याङ लागेर जिल्लाको पुर्चौडी नगरपालिका ६ रौलकी ३५ वर्षीया पार्वती साउँद र ८ वर्षीय छोरा विवेक साउँद घाइते भएका हुन ।
यस्तै आइतवार साझँकै चट्याङ लागेर दुई भैँसी पनि मरेका छन । घरमा समेत क्षति पुग्दा जडान गरिएका सोलार व्याट्रीसहितका उपकरण समेत जलेर नष्ट भएको स्थानियले बताए । चट्याङ लागेर बेहोस भएका आमा छोराको अवसथा भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले बताए ।
.gif)