शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

फिलिपिन्समा एक हप्तामा ७२ जनाको पानीमा डुबेर मृत्यु


पश्चिम प्रेस
सोमबार, चैत २७ २०७९
  • 423
    Shares

  • images
    images
    फिलिपिन्समा एक हप्तामा ७२ जनाको पानीमा डुबेर मृत्यु

    एजेन्सी ।  फिलिपिन्समा यस महिनाको सुरुदेखि अहिलेसम्म डुबेर कम्तीमा ७२ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ।

    क्याथोलिक बहुल राष्ट्रमा राजधानी मनिलालगायतका शहरबाट लाखौं मानिसले परम्परागत रूपमा यो बिदा मनाउन र परिवारसँग समय बिताउन समुद्रको किनार क्षेत्र र त्यहाँ रहेका होटलमा प्रकृतिको मनोरम वातावरणको आनन्द लिन पुग्ने गर्छन् । फिलिपिन्सको राष्ट्रिय प्रहरी (पीएनपी) का प्रवक्ता कर्नेल जिन फजार्डोले कोरोना भाइरस नियन्त्रणका लागि वर्षौंदेखि जारी आवागमनमा लगाइएको प्रतिबन्धका कारण मृत्यु हुनेको सङ्ख्या ‘बदलाको यात्रा’ का कारण भएको बताउनुभएको छ । फजार्डोले एएफपीसँग भन्नुभयो, “महामारीको लामो सास्तीपछि मानिसहरू समुद्र तट र रिसोर्टमा जानका लागि केही उत्साहित भए ।

    धेरै मानिसको भीडमा केही दुःखद् घटनाहरू भएका हुन् ।” मृतकको पहिचान तत्काल उपलब्ध नभए पनि फजार्दोका अनुसार मृत्यु हुनेमा पौडी खेल्ने क्रममा अभिभावकले बेवारिसे अवस्थामा छोडेका बालबालिका र मादक पदार्थ सेवन गरी समुन्द्री किनारमा पसेकाहरु रहेका छन् । फजार्डोले मृतकको सङ्ख्या ‘असामान्य’ र विगतका वर्षहरूको तुलनामा बढी भएको बताएका छन ।

    “रिसोर्ट र समुद्र तटहरू खचाखच भरिएका थिए । यसले पनि डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको हुनसक्छ,” उनले भने । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वमा अन्जानमा हुने चोटपटकका कारण हुने मृत्युको तेस्रो प्रमुख कारण पानीमा डुबेर मृत्यु हुने गरेको छ


  • सम्बन्धित विषय:

  • # पानीमा डुबेर मृत्यु
  • प्रतिक्रिया दिनुहोस