मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

पाउलान त कञ्चनपुरका भूमिहिनले जग्गा ?


पश्चिम प्रेस
बिहीबार , माघ २० २०७८
  • 707
    Shares

  • images
    images
    पाउलान त कञ्चनपुरका भूमिहिनले जग्गा ?

    महेन्द्रनगर । राष्ट्रिय भूमि आयोग कञ्चनपुरले भूमिहिन नागरिकलाई जमिन दिनका लागि कञ्चनपुरका चार पालिका संग सम्झौता गरेको छ । बिहीबार राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्रराज ढुङगानाले चार पालिकासंग सम्झौता गरेका हुन । बेलडाँडी गाँउपालिका, पुनर्वास, शुक्लाफाँटा र भीमदत्त नगरपालिकासंग सुकुमबासीलाई जमिन उपलब्ध गराउन सम्झौता भएको छ । 
    भूमिहिन दलित, भूमिहिन सुकुमबासीलाई जमिन उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि सम्झौता भएको हो । पालिकासंग आयोगले सम्झौता गरेसंगै जमिन दिने काम अघि बढने बढ्ने आयोगले जनाएको छ । यस अघि स्थानीय तहले भूमिहिन दलित, भूमिहिन सुुकुमबासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरेको थियो ।  


    प्रतिक्रिया दिनुहोस