मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु


पश्चिम प्रेस
शनिबार, वैशाख २ २०८०
  • 640
    Shares

  • images
    images
    भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

    एजेन्सी ।  महाराष्ट्र राज्यको रायगढमा आज बिहान भएको यात्रीबाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । 

    चालीस जना यात्री लिएर पुणे शहरको पिम्पल गुरव क्षेत्रबाट गोरेगाउँतर्फ गइरहेको सरकारी स्वामित्वको उक्त बस आज बिहान चार बजे खाल्डोमा खसेको स्थानीय प्रहरीले सिन्ह्वालाई फोनबाट बताएका हुन् । प्रहरीका अनुसार बसमा ४० जनाभन्दा बढी सवार थिए । 

    गृहमन्त्री अमति शाहले उक्त दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै उद्धार तथा उपचारमा जुट्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । स्थानीय प्रशासन सहायताका निम्ति घटनास्थलमा जुटेको छ । उद्धार तथा राहतका कार्य अझै जारी रहेका बताइएको छ । 


  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • प्रतिक्रिया दिनुहोस