मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

लागूऔषधको अड्डा बन्दै कैलाली, तीन महिनामा १७१ जना समातिए


पश्चिम प्रेस
आइतबार, वैशाख ३ २०८०
  • 409
    Shares

  • images
    images
    लागूऔषधको अड्डा बन्दै कैलाली, तीन महिनामा १७१ जना समातिए

    कैलाली । लागूऔषधको अड्डा बन्दै गएको कैलालीमो चालू आर्थिक वर्षको तीन महिनामा लागूऔषधका विभिन्न मुद्दामा १७१ जना पक्राउ गरेको जनाएको छ ।

    गएको माघ, फागुन र चैत्र महिनामा लागूऔषधका ११० मुद्दामा २१ जना महिला र १५० पुरुष गरि १७१ जनालाई पक्राउ गरि मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए ।

    पक्राउ परेकाहरूबाट खैरो हेरोइन ३१४ ग्राम ३७० मिलिग्राम, नाइट्राभेट ५९ ट्याब्लेट, चरेस २६ किलो ४७ ग्राम ९२० मिलिग्राम, स्पास्मो १२१ क्याप्सुल र ब्रुनुफ्रीन ७ ट्याब्लेट बरामद गरिएको डिएसपी चन्दले बताए । 

     


  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • प्रतिक्रिया दिनुहोस