मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा ट्रकसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु


पश्चिम प्रेस
आइतबार, वैशाख ३ २०८०
  • 3.0K
    Shares

  • images
    images
    कञ्चनपुरमा ट्रकसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

    महेन्द्रनगर । कञ्चनपुरमा ट्रकसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक  बेदकोट नगरपालिका–३ का ३६ वर्षीय कमलावती पाण्डेको रहेका छन ।  

    जिल्लाको शुक्लाफाटा नगरपालिका–५ शुक्लाफाटा राष्ट्रिय निकुञ्ज नजिक सडकमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो। ना ५ ख ९७३२ नम्बरको ट्रकमा सुदूरपश्चिम प्रदेश ०२००३ प ४४८२ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार साँझ दुर्घटना भएको थियो । 

    दुर्घटनामा गम्भीर भएका कमलावतीको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


  • सम्बन्धित विषय:

  • # ट्रकको ठक्करबाट मृत्यु
  • प्रतिक्रिया दिनुहोस