शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा सबैभन्दी बढी बेरुजु भीमदत्तमा


पश्चिम प्रेस
आइतबार, वैशाख ३ २०८०
  • 1.8K
    Shares

  • images
    images
    कञ्चनपुरमा सबैभन्दी बढी बेरुजु भीमदत्तमा

    महेन्द्रनगर । कञ्चनपुरका स्थानीय तहको बेरुजु ४६ करोडभन्दा बढी देखिएको छ । महालेखा परीक्षकको ६० औं प्रतिवेदनमा कञ्चनपुरका ९ वटा स्थानीय तहमा आर्थिक वर्ष २०७८/०७९ को बेरुजु ४६ करोड ३३ लाख ८ हजार बेरुजु देखिएको हो ।

    सबैभन्दा बढी भीमदत्त नगरपालिकामा बेरुजु देखिएको छ । यहाँ १० करोड १९ लाख ८२ हजार देखिएको छ । यस्तै कृष्णपुर नगरपालिकामा ९ करोड ६५ लाख, पुनर्वासमा ७ करोड २० लाख ८ हजार,बेदकोटमा ४ करोड ९७ लाख ९५ हजार र बेलौरीमा ४ करोड ७६ लाख ४५ हजार बेरुजु देखिएको छ । यस्तै लालझाँडी गाउँपालिकामा ३ करोड ७६ लाख ५४ हजार शुक्लाफाँटामा २ करोड ४७ लाख १४ हजार, दोधारा चाँदनीमा २ करोड १२ लाख ७३ हजार देखिएको छ भने सबैभन्दा कम बेलडाँडी गाउँपालिकाको रहेको छ । बेलडाँडीको बेरुजु १ करोड २६ लाख २९ हजार देखिएको छ ।


  • सम्बन्धित विषय:

  • # भीमदत्त नगरपालिका
  • प्रतिक्रिया दिनुहोस