सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

प्रकाश सपुतको गीत ‘फुलमाया’ विवादित 


सोमबार, वैशाख ४ २०८०
  • 1.3K
    Shares

  • images
    images
    प्रकाश सपुतको गीत ‘फुलमाया’ विवादित 

    महेन्द्रनगर । गायक प्रकाश सपुतको नयाँ गीत ‘फुलमाया’ विवादमा तानिएको छ ।  गीतमा लैंगिक समानतालाई मजाक बनाएर राम्रो लगाउन, मिठो खान, गहना पहिरिन, गाडी चढ्न देहव्यापार गर्नुपर्ने पुरुषबादी मानसिकता देखाएको भन्दै सामाजिक सञ्चालमा आलोतना हुन थालेपछि गीत विवादमा तानिएको हो ।  

    अपलोड गरेको एक दिनमै १० लाख मानिसले हेरिसकेको यो गीत अहिले ट्रेन्डिङमा रहिआएपनि गीतमा महिलालाई भोग गर्ने वस्तुझै देखाउँदा कदमकदापि कुनै लिङ्गप्रति प्रहार गरेको देखिन्छ । लैङ्गिक असमानतालाई वेवास्ता गरीे आफ्नो गीतलाई ट्रेन्डिङमा मात्रै ल्याउनका लागी कर्मशील छोरीहरुलाई समाजको निरिह र परजिवि प्रमाणित गरेको गीतमा पाइन्छ । यस्तो पुरुषबादी मानसिकता देखाएर कतै लैङ्गिक समानता विरुद्ध आम मानिसहरुलाई भड्काएको पो हो की ? भन्ने पनि लाग्छ । उनले छोरी मान्छेहरु सधै झुत्री र गरिब देखिएर हिड्ने गीतहरु प्रकाशित गदा विवादित बन्दै जाने क्रम अफै रोकिएको छैन, कहिलेसम्म छोरी मान्छेलाई झुत्री र गरिब देखाएर आफु ट्रेन्डिङ बन्ने?

    यस्तै गाउँबाट शहर आएर कलाकारितामा सफलता हासिल गरेका तमाम महिला कलाकारलाई गाउँ फर्कदा हेरिने दृष्टिकोणको जिम्मा अब कस्ले लिन्छ? पीडित शोषित हुनलाई त पेसाको सामान्य कर्म ठानेर नयाँ पुस्ता सानका साथ यो देहव्यापारको पिडालाई पेसाकै रूपमा करियर ठानेर अँगालोस भन्ने नयाँ पूस्ताको चाहनालाई पुरा गर्न गीत प्रकाशित गरेको हो भन्ने बुझिन्छ । बजारको खपत पुरा गर्नलाई बनाएको गीत बाहेक अरु विशेष कम कुराहरु देखिन्छन गीतमा ।

    एउटा मान्छेले अर्को मान्छेको स्वतन्त्र अस्तित्व नै नस्विकारी उसलाई वस्तुका रूपमा भोग गर्न मूल्य तिरेर प्राप्त गर्ने कुरा क्रूर अमानवीय अपमानजनक कार्य हो । काल्पनिक कथा भनेर कसैको जाती, पेशा र लिङ्ग लाई कसैको कमजोरी बनाएर आफु टे«न्डिङमा जाने परम्परा सरासर गलत हो । यस्ता गीत आउनु, अनि छाउनु पछि रहेको समस्या र त्यसको कारक चाहिँ सांस्कृतिक साम्राज्यवादलाई आलोचनात्मक चेतले हेर्न सक्ने कलाकार, गीतकार, साहित्यकार, लेखकको पछिल्लो पुस्तामा भएको करिब करिब नियोजन पो हो की भन्न सकिन्छ । 


  • सम्बन्धित विषय:

  • # फुलमाया


  • प्रतिक्रिया दिनुहोस