सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बैतडीका एक युवक युएईमा अलपत्र


बुधबार, वैशाख ६ २०८०
  • 2.1K
    Shares

  • images
    images
    बैतडीका एक युवक युएईमा अलपत्र

    बैतडी । बैतडीका एक युवक युएईमा अलपत्र परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वालेक घर भएका दिपक जोशी अलपत्र परेका छन। रोजगारीको सिलसिलामा दुबइ गएका उनि अलपत्र भएको स्टाटस आफ्नो फेसबुकमा लेख्दै आफुलाई मेनपावरले ठगेको र धेरै दिन देखि भोकै रहेको उनले बताए । 

    मेनपावरबाट स्टोर कीपरमा काम फिक्स भनेर १ लाख ३६ हजार तिरेर युएई उडेका जोशी अहिले काम नपाएर अलपत्र परेका हुन् । आफु १७ दिन देखि एयरपोर्ट नजिकको एक क्याम्पमा बसेको उनले बताए ।  काठमाण्डौँको बसुन्धरामा रहेको साब इन्टरनेश्नल ह्युमन रिर्ससले दिपकलाई यूएइको टी म्याक्स कम्पनीमा स्टोर कीपरमा पठाएको थियो । 

     आफ्नो फेसबुकमा उनले लेखेका छन, “समस्या परेको बेला सहयोग गर्ने मान्छे र  गरिब मान्छेलाई घर बार बिहीन बनाएर ठग्ने लुट्ने मान्छेमा धेरै फरक छ  राम्रो मान्छे कहिले अरुलाई अपठेरोमा पारदैनआतङबादी  सोच भएका मान्छे  अरुको मेहन्त गरी कमाएको पैश खाने गर्छन   यस्ता मान्छे बाट ठगीने धेरै छन  सिधा साधालाई  मिठा मिठा कुरा गरेर यस्ता ठग आफनो  जालमा  पसाउँछन   यस्ता ठग्ने लाई भगवान ले जवाब फरकावछ  समय लाग्छ संसारमा एवटा यस्तो आदालत छ जाहा सबुत पेश गर्नु पर्दैन  त्यो सबै भगवानले देख्छ पैश दिएको के परमाण छ भनेर वकालात  गर्ने ठगहरु मलाई के थाहा यस्तो गर छैऊ  भनेर आफ्नै  मान्छे लाई ठग छैऊ भनेर यस्तो थाहा   पाएको भए कागज बनाएर राख्थे यस्तो दुख कसैलाई नपरोस् यो घटना बाट केही सिकन सकिन्छ बिदेश जादा राम्रो मेनपावर र चिनेको ऐजेन्ट काहा गरेर बिदेश को लागी कुन देश जाने हो जानकारी लिने पैश बुझाउदा बैक मा गएरे बिदेस पठाउने मान्छे को खाता मा हाल्ने त्यसको रसिद लिने रसीद समालेर राखने  साइन र दायाबाया गर्दा कागजमा लेखेको पढेर मात्र साइन गर्ने बिर्देश उँडनु भन्दा पहिले मेन्पावर र एजेन्ट ले भिडियो बनाउछ दबाब दिएर बनाउने गर्छ समयम सचेत भयो  भन्ने ठगिन र बिदेशमा गएर अल्पतर परन बाट बचन सकिन्छ बिदेश जानु भन्दा आगडी बिदेशमा भएका आफना साथी भाई दिदी बहिनी लाई  सोध्ने त्यहा को बारेमा ठगिन बाट आफु बचने अरुलाई पनी बचाउन सहयोग गरिदिनुहोस”

    बैतडीकै सुरेश भट्टले जोशीलाई युएई पठाएका थिए । अहिले  उनलाई विदेशका कथा व्यथा बताएपनि वेवास्ता गरेर उल्टै  धम्की दिने गरेको  जोशीले बताए ।  भनेको  जस्तो काम मिलेन, मलाइ फसाउनु भयो भनेर आफुले गुनासो पोख्दा सुरेशले आफु प्रहरीको  रिटार्यर भएकाले कसैले केहि गर्न नसक्ने धम्की दिएको बताए ।

    आफुले घर आउने बातावरण मिलाइदेउ भन्दा दुई लाख तिरे मात्रै घर आउन मिल्ने भनेको उनले दुखेसो पोखेका छन् । पासपोर्ट  समेत कम्पनीले राखेकाले आफु काम गर्न  र घर आउनबाट बञ्चीत भएर अलपत्र परेको युवकले  बताए ।


  • सम्बन्धित विषय:

  • # अलपत्र


  • प्रतिक्रिया दिनुहोस