शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

निर्धारित मितिमा बेदकोट नगरपालिकाले मात्रै ल्यायो नीती तथा कार्यक्रम


पश्चिम प्रेस
बिहीबार , वैशाख ७ २०८०
  • 1.6K
    Shares

  • images
    images
    निर्धारित मितिमा बेदकोट नगरपालिकाले मात्रै ल्यायो नीती तथा कार्यक्रम

    महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाले समयमै नीती तथा कार्यक्रम तयार पारेको छ । योजना तर्जुमा दिग्दर्शन २०७८ मा गरिएको नीतीगत व्यवस्था अनुसार बैशाख ७ गते पालिका प्रमुखले सभामा नीती तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ ।  सोहि व्यवस्था अनुरुप बेदकोट आज बैशाख ७ गते सभामा नीती तथा कार्यक्रम पेश गदैछ । नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले आज नगरसभामा नीती तथा कार्यक्रम पेश हुन लागेको जानकारी दिए ।

    त्यसैगरी शुक्लाफाँटा नगरपालिकाले पनि नीती तथा कार्यक्रम तयार पारेको भएपनि बैशाख ७ भित्र नगरसभा पेश गर्न सकेको छैन ।  नगरपालिकाका नगर प्रमुख रण वहादुर महराले नीती तथा कार्यक्रममा छलफल भइरहेको बताए । उनले यसमा थप छलफल गर्नुपर्ने भएकाले बैशाख १२ गतेको नगरसभामा पशे गर्ने बताए । कञ्चनपुरमा निधार्नरित मितिमा नीती तथा कार्यक्रम बेदकोट नगरपालिकाले मात्रै नगरसभामा पेश गरेको छ ।  कञ्चनपुरका अन्य पालिकाले भने नीती तथा कार्यक्रम बनाउन सकेका छैनन ।  योजना तर्जुमा दिग्दर्शन २०७८ अनुसार विषयगत शाखाहरुले विषय क्षेत्रसँग सम्बन्धित सूचना सङ्कलन र विश्लेषण गरी मंसिर मसान्त भित्र स्थितिपत्र अद्यावधिक गरिसक्नुपर्ने व्यवस्था छ ।

    त्यसैगरी पुस १५ गतेभित्र विषयगत शाखा र प्रमुख प्रशासकीय अधिकृतले आगामी तीन आ.व.मा हुने खर्चको प्रक्षेपण सहितको मध्यमकालीन खर्च संरचना समेत कार्यक्षेत्र भित्रका विषयहरूमा हुने सार्वजनिक खर्चको विवरण तयार गर्ने र पुस मसान्तभित्र आगामी आ.व. को राजस्व ( आन्तरिक स्रोत, राजस्व बाँडफाँट, रोयल्टी, अनुदान र ऋण) को प्रक्षेपण र अनुमान तयार गरिसक्नुपर्ने व्यवस्था छ ।   त्यसैगरी पुस मसान्तभित्रै आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ विवरण संघ र प्रदेश अर्थ मन्त्रालयमा पेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । माघ मसान्त भित्र कार्यपालिकाले विषयगत क्षेत्र विभाजन गर्ने र सदस्यलाई जिम्मेवारी दिने तय छ । त्यसैगरी फागुन मसान्तभि संघ र चैत मसान्त भित्र प्रमुख प्रशासकीय अधिकृतले  संघ र प्रदेशबाट अनुदान र राजस्व बाँडफाँट र रोयल्टीको सीमा र मार्गदर्शन प्राप्त गर्ने तय गरिएको छ ।

    चैत मसान्त भित्रै पालिका प्रमुखले गैसस, उपभोक्ता समिति, सहकारी संस्था आदिसँग योजना तथा बजेट सम्बन्धमा पूर्व बजेट छलफल गरिसक्नुपर्ने व्यवस्था छ । बैशाख ७ गते नीति तथा कार्यक्रम तयार गरी अध्यक्ष / प्रमुखद्वारा सभामा पेश गर्ने व्यवस्था छ । बैशाख ७ गतेभित्रै बजेट तथा कार्यक्रमको प्राथमिकता निर्धारणका आधार तथा विधि तयार गर्ने र बैशाख १० गतेभित्र कुल बजेट अनुमान, सीमा निर्धारण र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गर्ने व्यवस्था छ ।  त्यसैगरी  बैशाख १५ गतेभित्र विषयगत महाशाखा ÷ शाखा तथा वडा कार्यालयलाई बजेट सीमा तथा मार्गदर्शन उपलब्ध गराउने व्यवस्था छ ।

     


  • सम्बन्धित विषय:

  • # बेदकोट नगरपालिका
  • प्रतिक्रिया दिनुहोस