सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बाजुराको किम्नीछडा झर्ना ओझेलमा 


बिहीबार , वैशाख ७ २०८०
  • 617
    Shares

  • images
    images
    बाजुराको किम्नीछडा झर्ना ओझेलमा 

    बाजुरा । बाजुरा जिल्लाकोे त्रिबेणी नगरपालिका ५ मा रहेको किम्नीछडा झर्ना ओझेलमा परेको छ । बाजुराकै सबैभन्दा ठुलो र पर्यटकीय हिसाबले पनि महत्वपुणर् किम्नीछडा झर्नामा राज्यको दृष्टि राज्यको नजरमा नपर्दा ओझेलमा परेका हो । 

    बाजुरा जिल्लाकै अग्लो दाबी गरिएको किम्नीछडा झरनाको बिकासमा कसैले चासो नदिदा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न सक्ने सम्भावना बोकेको किम्नीछडा झर्ना ओझेलमा पर्न गएको स्थानियको भनाई छ । नेपालमा संघीयता आएको ६ बर्ष पुगिसक्दा पनि अन्य पहुँचमा रहेका कयौं स-साना सम्पदाहरुमा राज्यले करोडौं रकम खर्च गर्दा पनि किम्नीछडा झर्नामा भने राज्यले नहेरेको स्थानिय दिपक बहादुर बुढाले बताएका छन ।

    भौगोलिक हिसाबले निकै दुर्गममा रहेको किम्नीछडा झर्ना सम्भवत बाजुरा जिल्लाकै सबैभन्दा ठूलो झर्नाको रुपमा दावी स्थानियले गरिहेका छन । जिल्लाको दक्षिणी भेगमा पर्ने यो झर्ना समुन्द्र सतहबाट करिब ७ हजार फिट उचाईमा रहेको पाइएको छ । निकै आकर्षक रुपमा झरिरहेको किम्नीछडा झर्ना करिब ३ सय मिटर दुरिमा झरिरहेको छ ।

    किम्निीछडा झरनालाइ राज्यपक्षबाट कुनै पहिचान हुन नसकेको स्थानियको गुनासो रहेको छ । राज्यले यसको पहिचान गरि यसको संरक्षण गर्नेहो भने आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याइ जिल्लाको पहिचान हुने बिश्वास रहेको स्थानियको भनाई रहेको छ ।

    एकैनासले झरिरहने भएकाले पनि यस किम्नीछडा झर्नालाले पर्यटन प्रवर्द्धनमा निकै ठूलो योगदान गर्ने बिश्वास गरिएको छ । यस किम्नीछडा झर्नाको संरक्षणको लागि झर्नाको वारि पारी फलामे र्‍यालीङ र पर्यटकलाई आराम गर्न तथा घाम पानी छेक्नको लागि ठाउँ ठाउँमा गोलघर निर्माण मात्रै गर्ने हो भने पनि यसको बिकास हुने स्थानिहरु बताउछन ।  पर्यटकलाई वारि पारिको दृश्य अवलोकन गर्नको लागि झर्नाको बिचमा झुलुङे पुल निर्माण र पर्यटकलाई हिडडुल गर्न सहजताको लागि रेलिङ सहितको पथ मार्ग निर्माण गर्न सके मात्र पनि यो क्षेत्रको बिकास हुने बिश्वस गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # किम्नीछडा झर्ना


  • प्रतिक्रिया दिनुहोस