मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

हिउँदे झरीमै महेन्द्रनगर जलमग्न


पश्चिम प्रेस
शुक्रबार, माघ २१ २०७८
  • 983
    Shares

  • images
    images
    हिउँदे झरीमै महेन्द्रनगर जलमग्न

    महेन्द्रनगर । तत्कालीन राजा महेन्द्रले गुरुयोजना अनुसार बसाएको महेन्द्रनगर बजार हिउँदे झरीमै जलमग्न हुन थालेको छ ।
    बजारका ढलको निकासा व्यवस्थित नहुँदा महेन्द्रनगर बजारका गल्लीहरु जलमग्न भएका हुन । विपद्को बेला पनि सहज हुने हिसाबले निमार्ण गरिएका गल्ली पछिल्लो समय ढल निकास र गुरुयोजनाविपरीत भइरहेको बसोबासले महेन्द्रनगरको मुख्य बजार एरिया सामान्य झरीमै डुबानमा पर्न थालेको हो ।
      जुन हिसाबले महेन्द्रनगरको गुरुयोजना बनेको थियो त्यो गुरुयोजना विपरीत घर निर्माण गर्नेे, खोलानाला अतिक्रमण गर्ने, ढल निकास पुरेर घर निर्माण हुन थालेपछि महेन्द्रनगरमा डुबानको समस्या बढ्दै गएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ढल निकासमा तदारुकता नदेखाउदा यो समस्या आएको स्थानीयहरुको भनाई छ ।


    प्रतिक्रिया दिनुहोस