महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुल आज तीन घन्टाका लागि बन्द गरिएको छ । मरमतका लागि पुलबाट आवत जावत बन्द गरिएको दोधारा चाँदनी नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले झोलुङ्गे पुल मर्मतको काम भइरहेकाले तीन घन्टा पुल भएर आवातजावत बन्द गरिएको बताए । दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल जीर्ण हुँदै गएको छ । बेला बेलामा पुल बन्द गरेर मर्मत काम हुने गरेको छ ।
.gif)