सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

वन कार्यालयको मिलेमतोमा प्रतिष्ठित व्यवसायि नै चुरे दोहनमा संलग्न


पश्चिम प्रेस
शनिबार, माघ २२ २०७८
  • 1.0K
    Shares

  • images
    images
    वन कार्यालयको मिलेमतोमा प्रतिष्ठित व्यवसायि नै चुरे दोहनमा संलग्न

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका –९ स्थित चुरे क्षेत्रमा ध्यान केन्द्र बनाउने भन्दै डोजर लगाएर संरचना निमार्ण गरिएका छन ।
    वन कार्यालयको अनुमति विना डोजर लगाएर बाटो निर्माण गरिएको थाहा पाएपछि केही दिन अघि प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेयले उक्त क्षेत्रको स्थलगत अवलोकन गरेर वन कार्यालयलाई कारवाही अघि बढाउन निर्देशन दिई सकेका छन ।
    चुरे क्षेत्रमा ध्यान केन्द्र बनाउने नाममा कञ्चनपुरका केही प्रतिष्ठित व्यवसायि र पार्टीका नेताहरुको समेत संलग्नता देखिएको छ । समितिमा माओवादी केन्द्रका नेता,नेपाली कांग्रेस र जिल्लाका प्रतिष्ठित व्यवसायिहरु छन । डिभिजन वन कार्यालयका प्रमुख अजयबिक्रम मानान्धरले ध्यान केन्द्र निर्माण गर्न मौखिक स्वीकृत दिएको पाइएको हो । उनको सरुवा भइसकेको छ ।

    ध्यान केन्द्र निर्माण गरि रहेको सुदूरपश्चिम विपश्यना साधना धार्मिक वनका अध्यक्षमा नारद पाण्डेयले भने धार्मीक वन ऐन अनुसार बनले दिएको १५ हेक्टर जग्गामा गतिविधि गर्न पाउने बताउदै त्यही ऐन अनुसार निमार्ण गरेको बताएका छन ।  तर चुरेमा गैरकानुनी काम भएको भन्दै प्रमुख जिल्ला अधिकारीले वन कार्यालयलाई कार्बाही गर्न निर्देशन दिएका छन । प्रमुख जिल्ला अधिकारीले वन कार्यालयले कार्बाही नगरे प्रशासनले कार्बाही गर्ने चेतावनी समेत दिएका छन । गत वर्ष डिभिजन वन कार्यालय महेन्द्रनगरले चुरे क्षेत्रको १५ हेक्टर बन विपश्यना साधना धार्मिक वनलाई दिएको थियो । उक्त क्षेत्रमा ध्यान केन्द्र बनाउने भन्दै अनुमति बिना बाटो र अन्य संरचनाहरु निमार्ण हुन थालेपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि डिभिजन वन कार्यालयले रोकेको छ ।  
    ब्रह्मदेब सव डिजिभन वन कार्यालयका प्रमुख प्रकाश जोशीले चुरे क्षेत्रमा अबैधानीक रुपमा निमार्ण कार्य भएको भन्दै कानुन बमोजिम कार्बाही हुने बताए । “चुरेमा डोजर लगाएर बाटो खनिएको छ यो अबैधानीक काम हो ।” उनले भने–“हामी अनुसन्धान गरिरहेका छौ कानुन बमोजिक कार्बाही हुन्छ ।” उनले विपश्यना साधना धार्मिक वनलाइ संरक्षणका लागि जग्गा उपलब्ध गराएको भन्दै कानुन विपरीत कार्य भएको बताए । “हामीले समितिलाई पत्र पठाइसकेका छौ चुरे संरक्षणका लागि दिएको बनमा अनुमति बिना बाटो निमार्ण गर्नु गलत हो ।” जोशीले भने ।

    विपश्यना साधना धार्मिक वनका अध्यक्ष नारद पाण्डेले उक्त क्षेत्रमा ध्यान केन्द्र बन्न लागेको बताए । “हामीले त्यहा ध्यान केन्द्र बनाउन लागेका हौ ।” उनले भने–“केही स्थानीयले नबुझेर विरोध गरेपछि काम रोकिएको हो ।” उनले धार्मीक वन ऐन अनुसार बनले दिएको १५ हेक्टर जग्गामा संरचना बनाउन लागेको बताए । समितिले ध्यान केन्द्र निमार्ण स्थानीयको हितमा रहेको पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिएको छ ।


    प्रतिक्रिया दिनुहोस