सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

हराउन थाले पानी घट्ट


पश्चिम प्रेस
शनिबार, माघ २२ २०७८
  • 1.2K
    Shares

  • images
    images
    हराउन थाले पानी घट्ट

    महेन्द्रनगर । पहिला पहिला पिठो पिस्न गाउँ–गाउँमा पानी घट्टको प्रयोग गरिन्थ्यो । त्यहि घट्ट एक रोजगारीको पेशा पनि बनेको थियो । पछिल्लो समय गाउँ गाउँमा भित्रिएका अत्याधुनिक उपकरणले पानी घट्टको प्रयोग र अस्तित्व संकटमा परेकोे छ । विशेषगरी, पिठो पिस्ने पानी घट्टलाई आधुनिक मिलले विस्थापित गरेको छ । पिठो पिस्ने घट्ट, धान कुट्ने ढिकी, तोरी पेल्ने कोललाई अहिलेका विद्युतीय उपकरणबाट चल्ने मिलहरुले विस्थापित गरिसकेको छ । हाल ती परम्परागत साधनहरु बिरलै भेटिन्छन । नयाँ पुस्ताले मौलिक प्रविधि संरक्षणमा चाँसो नदिनुले पनि घट्ट लोप हुन थालेका छन । 

    पहाडको फेदमा रहेको कञ्चनपुरको कृष्णपुर नगरपालीका वडा न. १ धारापानीका स्थानीय भने अझै पनि घट्ट,ढिकि र कोल प्रयोग गरिरहेका छन । करिब २० घर परिवार बसोबास गर्ने बस्तीमा बुढापाका मात्र घरमा छन् भने युवा युवाहरु रोजगारीको लागी भारत गएको स्थानीयको भनाई छ ।गाउँमा चार वटा पानी घट्ट छन् । तर ती घट्ट प्रायःबन्द हुने गरेका छन । पहिला घट्टमा पिसानी गरे बापत सञ्चाकलाई आफु खुसी एक दुई माना पिठो दिने गरिन्थ्यो ।  घट्ट सञ्चालनको पनि जिवन निर्वाह गर्ने साधन बनेको पानि घट्ट नयाँ पुस्ताले ईतिहासमा मात्र देख्न सक्ने अवस्था आएको पाकापुस्ताको भनाई छ । 


    प्रतिक्रिया दिनुहोस