कैलाली । कैलालीको टीकापुरमा २०७८ कार्तिक २३ गते राति भएको भुपेन्द्र बडुवाल हत्या काण्डका मुख्य अभियुक्त भनिएका नवीन रावलले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् । लम्कीचुहा नगरपालिका—३ चिसापानीका २९ वर्षीय रावलले अदालतमा आज (आइतवार आत्मसमर्पण अदालत सामू आत्मसमर्पण गरेका हुन् ।
अभियुक्त रावलले अदालत समक्ष आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी उद्धवसिंह भाटले बताए । उक्त घटनामा संलग्न रहेको आरोप लागेका पाँच जना भने अझै फरार रहेको उनले बताए ।
लम्कीचुहा नगरपालिका—१ का २२ वर्षीय बडुवालको धारिलो हतियार प्रयोग गरी टीकापुरमा हत्या गरिएको थियो । घटनामा संलग्नता रहेको भन्दै जिल्ला अदालतमा प्रहरीले २१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । डीएसपी भाटका अनुसार हालसम्म घटनामा रावलसहित १६ जना कानुनी कारवाहीको दायरमा आएका र ५ जनाको खोजी अभियान चलाइएको छ ।
घटनामा संलग्नहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७९२० बमोजिम जिवित रहेसम्म जन्मकैदको सजाय माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको थियो ।
.gif)