महेन्द्रनगर । सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सुचारु भएको छ । सुदूर पहाडमा बाक्लो हिमपातका कारण बिहीबारबाट अवरुद्ध बनेको सुचारु भएको हो ।
शनिवार डोजर र नेपाली सेनाले हिउँ पन्छाउने काम गरेका थिए । दिनभरको प्रयासपछि शनिवार साँझ मात्रै सडक सुचारु भएको प्रहरीले जनाएको छ । सडक खुलाइएपछि बाटोमै अलपत्र परेका यात्रु र सवारी गन्तव्यतर्फ लागेका छन । बझाङ जोड्ने जयपुथ्वी राजमार्ग बाहेक अन्य सबै राजमार्गको हिउँ पन्छाएपछि यातायात सेवा सुरु भएको प्रहरीले जनाएको छ ।
.gif)