शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बझाङमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु


पश्चिम प्रेस
बुधबार, वैशाख २७ २०८०
  • 461
    Shares

  • images
    images
    बझाङमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु

    बझाङ । बझाङमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

    जयपृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको बित्थडचिर गाउँपालिका–६ को चिसापानीमा एम्बुलेन्स र मोटरसाइकलको ठक्कर लागेको थियो । देउलेखबाट सुनकुडा तर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य चौकीको सुपप्र ०१–०११ झ ३६१ नम्बरको एम्बुलेन्सले से ५ च २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 

    दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइते भएका महरको उपचारको लागि डडेल्धुरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । 

     


  • सम्बन्धित विषय:

  • # मृत्यु
  • प्रतिक्रिया दिनुहोस