मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ


पश्चिम प्रेस
बुधबार, वैशाख २७ २०८०
  • 467
    Shares

  • images
    images
    नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो । उनलाई अहिले प्रहरी परिसर टेकुमा राखिएको छ । आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेकोमा आज उनि पनि पक्राउ परेका हुन । 

    प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए । आरोपितको बयानका आधारमा अनुसन्धानमा खाँण पनि यस प्रकरणमा तानिएका हुन् ।   

    नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी भने अहिले फरार रहेका छन् । 


  • सम्बन्धित विषय:

  • # पक्राउ
  • प्रतिक्रिया दिनुहोस