महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका स्थीत ब्रह्मदेव लिंक रोडमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा ४ जना घाइते भएका छन । म २ प ८९४२ नम्बरको स्कुटर चालक बेदकोट नगरपालिका–८ गैलनदीका धनराज गिरी र पछाडी सवार बेदकोटकै खेमराज जोशी घाईते भएका छन उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
त्यसैगरी सुपप्र ०२०३ प ४२१९ नम्बरको मोटरसाइकलका सवार बैतडीको मेलौलीका मार्सलजुलन एसपी गम्भीर र रमेश भट्ट घाईते भएका छन । मोटरसाइकल चालक मार्सलजुलन एसपी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको महाकाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चक्र बहादुर शाले जानकारी दिए ।
.gif)