मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान


पश्चिम प्रेस
शुक्रबार, वैशाख २९ २०८०
  • 440
    Shares

  • images
    images
    परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

    काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद बङ्गलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन आज  त्यसतर्फ प्रस्थान गरेका छन् ।

    ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका हुन लागेको उक्त सम्मेलनमा उनले यही वैशाख ३० गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले बङ्गलादेश सरकारका उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट गर्नुका साथै सम्मेलनका क्रममा विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटघाट गर्नेछन्। उहाँ वैशााख ३१ गते  स्वदेश फर्कने कार्यक्रम छ ।


  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री साउद
  • प्रतिक्रिया दिनुहोस