मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महाकाली नदीमा एक पुरूषको शव फेला


पश्चिम प्रेस
शनिबार, वैशाख ३० २०८०
  • 1.2K
    Shares

  • images
    images
    महाकाली नदीमा एक पुरूषको शव फेला

    दार्चुला । दार्चुलामा एक पुरुषको वेवारिसे शव फेला परेको छ । वैशाख ३० गते आज विहान साढे आठ बजेको समयमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ नम्सिकार स्थित महाकाली नदीको बिच भागमा ढुङ्गामा अड्किएको अवस्थामा एक पुरूषको शव फेला परेको हो ।

    नामथर, वतन र उमेर समेत नखुलेका अन्दाजी बर्ष ३०—३५ को पुरुष ब्यक्तिको शव महाकालीमा रहेको भनि जानकारी प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी टोली खटिएको थियो । उक्त शव महाकाली नदीबाट निकाली लाशजाँच मुचुल्का सहितको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी जिल्ला अस्पताल दार्चुलाको लास घरमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    सो लास हाल सम्म सनाखत हुन नआएको र मृतकको ट्रयाकको खल्तीमा अन्जनी टूर्स एन्ड ट्राभल्स (टनकपुर, महेन्द्रनगर, बरेली, हल्द्धानी, हरीद्दार, देहरादुन,दिल्ली) लेखेको भिजिटिङ कार्ड फेला परेको बताइएको छ । घटना बारे सोधखोज भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

     


  • सम्बन्धित विषय:

  • # शव फेला
  • प्रतिक्रिया दिनुहोस