शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

दार्चुलामा भिरबाट खसेर एक जनाको मृत्यु 


पश्चिम प्रेस
शनिबार, वैशाख ३० २०८०
  • 1.3K
    Shares

  • images
    images
    दार्चुलामा भिरबाट खसेर एक जनाको मृत्यु 

    दार्चुला । दार्चुलामा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । 

    जिल्लाको मालिकार्जुन गाउँपालिका–८ चस्कोटका ४० वर्षीय जयराम लुहारको धमालेक सल्याड भिरबाट लडेर मृत्यु भएको हो ।  धमालेक सल्याड भिरबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।   जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ।


    घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # मृत्यु
  • प्रतिक्रिया दिनुहोस