मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बैतडीको अनारखोलीमा बस दुर्घटना, ६ जना घाइते


पश्चिम प्रेस
मंगलबार, जेठ २ २०८०
  • 3.0K
    Shares

  • images
    images
    बैतडीको अनारखोलीमा बस दुर्घटना, ६ जना घाइते

    बैतडी । बैतडीमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।  सोमवार जिल्लाको दशरथचन्द राजमार्ग अन्तरगत पर्ने अनारखोलीमा नेपालगंजबाट दार्चुलातर्फ जादै गरेको भे १ क ३१८ नम्बरको बस दुर्घटना हुँदा ६ जना घाइतेभएका हुन् । 

    नेपालगंजबाट दार्चुलातर्फ स्वास्थ्य शिविरका लागि जादै गरेको नेपालगञ्ज मेडिकल कलेजको बस  दुर्घटना भएको खोड्पे प्रहरीले जनाएको  छ ।   घाइते हुनेहरुमा बाँके नेपालगंज उपमहानगरपालिका १२ का ३५ वर्षीय जंग बहादुर चौधरी, सोही ठाउँका ३२ वर्षीय शिसिर खड्का, ४४ वर्षीया रिता देवकोटा, ४६ वर्षीया सावित्री पौडेल, ४८ वर्षीया सुनिता खड्का, ४० वर्षीया ललिताङ रहेका खोड्पे प्रहरी चौकी इन्चार्ज ग गुरुणेश बिकले जानकारी दिए ।

    घाइतेहरुको  डडेल्धुरा अस्पतालमा उपचार भइरहेको  र  अवस्था सामान्य  रहेको  जिल्ला प्रहरी कार्यालय बैतडीले  जनाएको  छ । बसमा चालक सहित  १७ जना सवार रहेका र अन्य सबै सकुसल रहेको  बताएको छ । नेपालगंज मेडिकल कलेजको टिम  दार्चुलामा पाठेघरको सल्यक्रिया शिविर सञ्चालन गर्नका लागि आएको  थियो ।  

    प्रहरीका  अनुसार बस ओरालोमा ब्रेक फेल भएपछि  सडकको भित्तामा ठोकिएर दुर्घटनामा परेको हो । बसमा रहेका मेडिकल उपकरण र औषधी सामाग्रीमा पनि सामान्य क्षति पुगेको छ ।  


  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • प्रतिक्रिया दिनुहोस