डोटी । धनगढी देखि अछाम जादै गरेको बस डोटीमा दुर्घटना भएको छ । जिल्लाको पुर्विचौकी गाउँपालिका—१ तल्लो फुलोटमा बुधवार राती ३ बजे बस द्ुर्घटना भएको प्रहरीले जनाएको छ ।
रातीको समयमा ब्रेक फेल हुँदा ड्राईभरले सडकको भित्तामा बसलाई ठोकेर यात्रुहरुको ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । चालकदलसहित ४२ जना यात्रु सवार बस दुर्घटनामा ड्राइभरसहित एक महिलालाई सामान्य चोट लाग्दा अरु कुनै मानविय क्षति नभएको प्रहरीले बताएका छन् ।
.gif)