महेन्द्रनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले धनगढी आउने कार्यक्रम स्थगित गरेका छन् । पूर्वराजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिका संचार संयोजक ललित जोशीले जानकारी दिए ।
उनका अनुसार रेशमलाल चौधरीको पार्टीले देशभर विरोध गर्ने कार्यक्रम भएकाले सो विरोध धनगढीमा पनि हुने र राजाको कार्यक्रम विवादित हुनसक्ने भन्दै भ्रमण रद्द गरिएको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दैे भ्रमण स्थगित भएको बताइएको हो ।
यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दनको कार्यक्रम तय भएको थियो। तर नागरिक उन्मुक्तिको देशव्यापी आन्दोलनका कारण भ्रमण रद्द भएको हो।
.gif)