शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

दार्चुलामा ग्यास लिक हुँदा आगलागीमा घाइते भएका ठगुन्नाको मृत्यु


पश्चिम प्रेस
बिहीबार , जेठ ११ २०८०
  • 519
    Shares

  • images
    images
    दार्चुलामा ग्यास लिक हुँदा आगलागीमा घाइते भएका ठगुन्नाको मृत्यु

    दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा ग्यास लिक भइ आगलागी हुदा जलेर घाइते भएका नौगाड गाउपालिका—३ जामिर बस्ने अन्दाजी ८० वर्षका अमर सिंह ठगुन्नाको मृत्यु भएको छ । ठगुन्नालाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्दार गरि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

    बुधवार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत दार्चुलाको गोकुलेश्वर अस्पतालबाट काठमाडौं लैजादै गर्दा नेपालगन्ज नपुग्दै मृत्यु भएको खबर प्राप्त भएको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले जानकारी दिए । ठगुन्ना बुधबार बिहान ग्यासमा चिया पकाउने क्रममा ग्यास लिग भएर जलेर घाइते भएका थिए ।


  • सम्बन्धित विषय:

  • # मृत्यु
  • प्रतिक्रिया दिनुहोस