दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा ग्यास लिक भइ आगलागी हुदा जलेर घाइते भएका नौगाड गाउपालिका—३ जामिर बस्ने अन्दाजी ८० वर्षका अमर सिंह ठगुन्नाको मृत्यु भएको छ । ठगुन्नालाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्दार गरि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
बुधवार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत दार्चुलाको गोकुलेश्वर अस्पतालबाट काठमाडौं लैजादै गर्दा नेपालगन्ज नपुग्दै मृत्यु भएको खबर प्राप्त भएको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले जानकारी दिए । ठगुन्ना बुधबार बिहान ग्यासमा चिया पकाउने क्रममा ग्यास लिग भएर जलेर घाइते भएका थिए ।