सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बैतडीको दोगडाकेदारमा स्वकीयलाई तलब तीन लाख , ऐनविपरीत बिस लाखको औषधी खरिद


बिहीबार , जेठ १८ २०८०
  • 941
    Shares

  • images
    images
    बैतडीको दोगडाकेदारमा स्वकीयलाई तलब तीन लाख , ऐनविपरीत बिस लाखको औषधी खरिद

    बैतडी ।  बैतडीको दोगडाकेदार गाउँपालिकाले नियमविपरीत गाउँपालिका अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिव नियुक्त गरेर वार्षिक तीन लाख ४८ हजार रुपियाँ तलब खुवाई आर्थिक अनियमितता गरेको पाइएको छ। 

    महालेखाको प्रतिवेदनले दोगडाकेदार गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षले नियमविपरीत स्वकीय सचिव नियुक्त गरेर वार्षिक तीन लाख ४८ हजार रुपियाँ खर्च गर्दै आएको जनाएको छ। 

    प्रतिवेदनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (८) मा तोकिएको भन्दा अन्य पदमा कर्मचारी भर्ना गर्न नपाउने भए पनि अध्यक्षको स्वकीयलाई मासिक १८ हजार रुपियाँ र उपाध्यक्षको स्वकीयलाई मासिक १५ हजार रुपियाँ तलब दिएर वार्षिक तीन लाख ४८ हजार रुपियाँ अनियमितता भएको जनाएको छ। 

    महालेखाको प्रतिवेदनले दोगडाकेदार गाउँपालिकाले आव २०७८र७९ मा खरिद ऐनविपरीत २० लाख ९९ हजार रुपियाँको औषधी खदिर गरे पनि उक्त औषधी विश्व स्वास्थ्य सङ्गठनबाट प्रमाणित नभएको, मूल्य सूची, उत्पादन मिति र समाप्त मितिसमेत नभएको टिप्पणी गरेको छ। 

    औषधीका विषयमा दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र धानुकले महालेखाले औषधी नहेरी टिप्पणी गरेको दाबी गरे। उनले भने , “महालेखाले औषधी हेरेकै छैन। हामीले विभिन्न मितिमा पालिकालाई आवश्यक पर्ने औषधी खरिद गरेका छौँ।”  

     

     


  • सम्बन्धित विषय:

  • # ऐनविपरीत


  • प्रतिक्रिया दिनुहोस