बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले करोडौँ रुपियाँ खर्च गरेर खरिद गरेको डोजर, टिप्पर र एस्काभेटर थन्क्याएर पनि वार्षिक ११ लाख ९६ हजार रुपियाँ मर्मत खर्च गरेको पाइएको छ।
महालेखाले प्रकाशित गरेको प्रतिवेदन अनुसार गाउँपालिकाले आवश्यक मेसिन औजार खरिद गरेर पनि प्रयोग नगरेको तर मर्मतका नाममा वर्षिक ११ लाख ९४ हजार ५७५ रुपियाँ खर्च गरेको पाइएको छ। महालेखाले सरकारी सम्पतिको प्रयोग नभएको समेत टिप्पणी गरेको छ।
सो विषयमा दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामीले पालिकाका योजनाबाट रकम काटेर दिने गरेका कारण डोजरको आम्दानीमा उल्लेख नभएको बताए। उनले भने, “विभिन्न सडक योजनामा पालिकाको मेसिन लगाएको तर मेसिनको भाडाबापत योजनामै रकम घटाएर दिएका कारण आम्दानी कम देखिएको हो।”
.gif)