दार्चुला । दार्चुला बसपार्कमा घाइते अवस्थामा पुरूष फेला परेका छन् । जिल्ला सदरमुकाम खलंगास्थित बसपार्क नजिक आज (आइतवार) बिहान करिब ३ बजेको समयमा अन्दाजी ३५ वर्षका ती पुरूष फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले उनको उद्धार गरी जिल्ला अस्पताल दार्चुलामा पुगाएको हो । घाइते पुरूषको टाउकोमा गम्भीर चोट देखिन्छ । उनलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने हुँदा उनलाई चिन्ने व्यक्तिले आफन्तलाई खबर गरी वा जिल्ला प्रहरी कार्यालय तथा जिल्ला अस्पताल दार्चुलामा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।
घाइतेको स्वास्थ अवस्था निकै गम्भीर रहेको बताइएको छ । घट्ना के कति कारणले भएको हो भन्ने बारे खुलेको छैन । उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
.gif)