कैलाली । जिल्लाको धनगढी उपमहानगरपालीका ३ त्रिनगर ब्यारेलबाट अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी त्रिनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले शनिबार दिउँसो गोदावरी नगरपालीका ५ बस्ने १७ वर्षीय किशोरलाई लागुऔषधसहित फेला पारेको छ । उनलाई ४ सय ९० मिलीग्राम ब्राउनसुगरसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी टिकापुर नगरपालीका ९ खक्रौलाबाट अवैध लागुऔषधसहित एक जना अर्को पनि पक्राउ परेका छन् ।जानकी गाँउपालीका ९ पुर्वी खैरीफाँटा बस्ने २५ वर्षीय सागर कडारालाई शनीबार राति ९ सय ४० मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागुअहौषधसहित फेला पारी पक्राउ गरेको छ ।
.gif)