महेन्द्रनगर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा दुई महिनादेखी तालाबन्दी हुँदा केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तिप्रति असन्तुष्ट भएका विद्यार्थी सङ्गठनले गत पुसमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।
महिनौँ लामो तालाबन्दीका कारण विश्वविद्यालयको नीतिगत, आर्थिक लगायतका काम प्रभावित बने पनि तालाबन्दी खुलाउने विषयमा पहल भएको छैन
.gif)