सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

कैलाली र कञ्चनपुरमा लागुऔषध ओसारपसारको बिगबिगी, चार जना पक्राउ


पश्चिम प्रेस
मंगलबार, जेठ २३ २०८०
  • 1.2K
    Shares

  • images
    images
    कैलाली र कञ्चनपुरमा लागुऔषध ओसारपसारको बिगबिगी, चार जना पक्राउ

    महेन्द्रनगर । कैलाली र कञ्चनपुरमा लागुऔषध ओसारपसारको विगविगी बढेको छ । सोमबार साँझ जिल्लाको धनगढी उपमहनगरपालिका-१३ राजपुर गाउँबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।

    करिब २ ग्राम ४० मिलिग्राम खैरो हेरोईन सहित सोही ठाउँ बस्ने ३७ वर्षीय जियाराम राना र  २४ वर्षीय गणेश रानालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    विशेष सूचनाको आधारमा प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले जियाराम रानाको घर तलासी गर्दा ४३ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको से.२ प ११८८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको बताइएको छ ।

    यसैगरी, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ डोकेबजारबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ४ सय ६० मिलिग्राम अवैध लागूऔषधसहित कैलाली गौरीगंगा नगरपालिका-२ बस्ने २४ वर्षीय भिम बहादुर सिजालीसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सोमबार राति प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र. ०१-००८ प ३९०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 


  • सम्बन्धित विषय:

  • # पक्राउ
  • प्रतिक्रिया दिनुहोस