सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ


पश्चिम प्रेस
बुधबार, जेठ २४ २०८०
  • 1.0K
    Shares

  • images
    images
    कञ्चनपुरमा लागुऔषधसहित ३ जना  पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।  मंगलबार साँझ जिल्लाको भिमदत्त नगरपालिका -६ ऐठपुरबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।   

    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय रबिन्द्र चन्द, १९ वर्षीय दिवस चन्द र १ जना १८ वर्षीया किशोरी रहेका छन् । २६ मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ अवैध लागूऔषधका साथ  उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    उक्त ठाउँमा अवैध लागूऔषध कारोबार हुदै गरेको भन्ने विशेष सूचनाको आधारमा  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

     

     

     


  • सम्बन्धित विषय:

  • # पक्राउ
  • प्रतिक्रिया दिनुहोस