महेन्द्रनगर । भारतको बनबासामा मा कारको ठक्करबाट एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ। भारतीय बजार बनबासा र चकरपुरको बीचमा रहेको जंगलमा सडक दुर्घटना हुँदा नेपाली मूलको एकै परिवारका ४ जनाको मृत्यु भएको हो।
कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २३ वर्षीया बुहारी नर्मदा चन्द र भाईकी पत्नी कल्पना चन्दको मृत्यु भएको जनाइएको छ। उनीहरु खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए।
शनिबार दुईवटा स्कुटीमा आफन्त भेटघाट गर्न महेन्द्रनगर आएका चारैजना दिउँसो चकरपुर फर्कंदै गरेको बेला दुर्घटना भएको जनाएको छ । उनीहरुलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो।
.gif)