बैतडी । बैतडीमा जेष्ठ नागरिक दौड प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ७ मा वडा स्तरिय जेष्ठ नागरिक दौड, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।
वडास्तरिय खेलकुद विकास समितिको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा शनिबार सो खेलकुद कार्यक्रम सम्पन्न भएको वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र भट्टले बताए । उनका अनुसार ७ जना जेष्ठ महिला तथा ६ जना जेष्ठ पुरुष गरि दौड प्रतियोगितामा १३ जना जेष्ठ नागरिकको सहभागिता थियो ।
सो प्रतियोगितामा महिला तर्फ प्रथम हुनेमा पशुपति अवस्थि, दित्तिय सुर्मादेवि कार्की र त्रित्तिय धना चन्द ठगुरानि रहेका छन् । यस्तै पुरुष तर्फ प्रथम हुनेमा इन्द्र सिहं कार्की, द्धित्तिय शेरी चन्द र त्रित्तिय कृष्ण सिंह भाट रहेका छ ।
दौड प्रतियोगितामा करकट्टी हुने गरि प्रथम पुरुष्कार ८ हजार, द्धित्तिय ५ हजार र त्तित्तिय ३ हजारसहित मेडल र प्रमाणपत्र दिइएको थियो । यस्तै अन्य सहभागि जेष्ठ नागरिकहरुलाई पनि करकट्टी हुने गरि नगद ७ सय तथा मेडल र प्रमाणपत्र दिइएको भट्टले बताए ।
.gif)