शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भीमदत्तमा जग्गा उपलब्ध नहुँदा डम्पिङसाइट निर्माणमा ढिलाइ


पश्चिम प्रेस
बुधबार, जेठ ३१ २०८०
  • 584
    Shares

  • images
    images
    भीमदत्तमा जग्गा उपलब्ध नहुँदा डम्पिङसाइट निर्माणमा ढिलाइ
    महेन्द्रनगर । महेन्द्रनगर स्थित भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र (डम्पिङ साईट) निमार्णका लागि जग्गा उपलब्ध नहुँदा समस्या भएको छ ।
    लामो समयदेखी नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निमार्ण अन्योलमा रहेको भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए । “नगरपालिकाले विभिन्न ठाउँमा जग्गा हेरेपनि टुंगो लाग्न सकेको छैन ।” प्रवक्ता खड्काले भने–“यहाँका जनताको बुझाईमा फोहोर ल्याएर हाम्रो ठाउँमा फाल्नेहुन भन्ने परेकाले झन समस्या भएको छ ।” उनले जग्गा उपलब्ध हुने ठाउँमा पनि नागरिकको गतल बुझाईका कारण प्रशोधन केन्द्र बन्न नसकेको बताए । “अहिलेको आधुनिक किसिमले निमार्ण हुन्छ बस्तीमा केहि असर गदैन ।” उनले भने–“नगरपालिकाले जग्गा खरिदका लागि सार्वजनिक सुचना निकाले पनि जग्गाको टुंगो लागेन ।” एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा भीमदत्त नगरपालिकामा आधुनिक सडक निर्माण सँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना भएपनि समयमा जग्गा उपलब्ध नहुँदा एडिबीको बजेट फिर्ता भएको हो ।
    एडीबीको बजेट फिर्ता भएपनि नगरपालिका आफैले प्रशोधन केन्द्र निमार्ण गर्ने जनाएको छ । तर त्यसका लागि आवश्यक जग्गा उपलब्ध नहुँदा समस्या भएको नगरपालिकाले जनाएको छ । 
    यसअघि नगरपालिकाले भीमदत्त नगरपालिकाको चुरेक्षेत्रमा प्रशोधन केन्द्र बनाउने भनेपनि स्थानीयको विरोधका कारण त्यहाँ प्रशोधन केन्द्र बन्न नसकेको हो । नगरपालिकाले जग्गा खोज्नका लागि यसअघि वडाध्यक्षको नेतृत्वमा समिति बनाएर समितिले प्रतिवेदन बुझाइसकेको छ । महेन्द्रनगर बजारबाट मात्रै दैनिक ६ देखी सात टनसम्म फोहोर उट्ने गरेको नगरपालिकाले जनाएको छ ।

     


  • सम्बन्धित विषय:

  • # भीमदत्त नगरपालिका
  • प्रतिक्रिया दिनुहोस