महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्षको लागि १ अर्व ८१ करोड ३५ लाख ८१ हजार बराबरको बजेट प्रस्तुत गरेको हो ।
पालिकाले आन्तरिक स्रोतबाट २६ करोड ५८ लाख, वित्तिय समानिकरण, अनुदान संघिय सरकारबाट २३ करोड ७१ लाख, वित्तिय समानिकरण अनुदान, प्रदेश सरकारबाट २ करोड २२ लाख ४३ हजार,संघिय सरकारबाट सशर्त अनुदान ५२ करोड ८५ लाख,संघिय सरकारबाट राजश्व बाडफाँडको १७ करोड १ लाख ९२ हजार र प्रदेश सरकारबाट राजश्व बाडफाँडको ८४ लाख २३ हजार प्राप्त हुने अनुमान गरेकोे छ ।
यस्तै समपुरक अनुदान संघिय सरकारबाट १ करोड ६५ लाख, समपुरक अनुदान प्रदेश सरकारबाट १ करोड १४ लाख ७३ हजार, विशेष अनुदान संघिय सरकारबाट ५० लाख, विशेष अनुदान प्रदेश सरकारबाट ५० लाख, सडक बोर्ड नेपालबाट ८० लाख, सामाजिक सुरक्षा तर्फ ५० करोड, अन्य अन्तरसरकारी अख्तियारीबाट ३ करोड ५ लाख बजेटको स्रोत रहने बजेटमा उल्लेख छ ।
.gif)