आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

भ्रष्टाचार मुद्दा लागेका चन्द भन्छन : तत्कालीन एमाले नेतृत्वको दवावमा काम गरेको हु


पश्चिम प्रेस
सोमबार, असार ११ २०८०
  • 2.6K
    Shares

  • images
    images
    भ्रष्टाचार मुद्दा लागेका चन्द भन्छन : तत्कालीन एमाले नेतृत्वको दवावमा काम गरेको हु

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का निर्वतमान वडा अध्यक्ष हिमाल चन्दलाई भ्रष्टाचार मुद्दा लागेपछि तत्कालीन पार्टी नेतृत्वको दवावमा काम गरेको प्रतिक्रिया दिएका छन । आईतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा तत्कालीन मेयर सुरेन्द्र विष्ट सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि चन्दले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका हुन । उनले आफुले पार्टीको चरम दवावमा काम गरेको भन्दै उनले यो बिचमा आयफ्नो जीवनमा तलमाथी भए सम्पूर्ण जिम्मेवारी उनीहरुको हुने बताएका छन ।

    चन्दले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन “म हिमाल चन्द २०७४ सालको स्थानिय निर्वाचनमा भी न पा १७ वाट वडा अध्यक्ष निर्वाचित भए देखि जनताको पक्षमा कार्य गरेको छु अझै पनि गर्वका साथ भन्छु कोरानाको वितण्डाले सताएको सबै जनता लाई राहत दिनु पर्ने जिम्मेवारी वहन गर्दै जनतालाई राहत दिनेक्रममा शिर ठाडो पारी अहिले पनि भन्छु दिएकै हो, छुट लिने हरु को नजरमा भ्रष्ट भए पनि कति विचलिलित भएको छैन तर वन्दावन्दीमा छुट दिन चरम दवाव दिने तत्तकालिन एमाले नेतृत्वले केन्द्र देखि जिल्ला सम्मका कञ्चनपुर जिल्लाका सबै लाई यो विच मेरो जीवनमा तलमाथि भए सम्पुर्ण जिम्मेवारी तिनिहरुको हुने छ मैले पार्टीको आदेश पालना गरे वाकि दुरुत्साहन खेन पनि एमाले का त्यो वेलाको नेतृत्व तयार हुनु पर्छ र हो पनि ।”
    भ्रष्टाचार मुद्धा लागेका चन्द भीमदत्त नगरपालिकाका तत्कालीन राजस्व छुटका लागि गठित कार्यदलका संयोजक थिए । चन्द लगायतले रु ८५ लाख ५६ हजार ३०९ रुपैयाँ अनियमिता गरको भन्दै दोब्बर असुल उपरको माग गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । 


  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार मुद्धा
  • प्रतिक्रिया दिनुहोस