शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कर्मचारीहरुलाई भ्रष्टाचारको मुद्धा लागेपछि भीमदत्तमा सन्नाटा


पश्चिम प्रेस
सोमबार, असार ११ २०८०
  • 2.2K
    Shares

  • images
    images
    कर्मचारीहरुलाई भ्रष्टाचारको मुद्धा लागेपछि भीमदत्तमा सन्नाटा

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कर्मचारीहरुलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिका कार्यालय कर्मचारी बिहिन बनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा नगरपालिकाका विशेष अदालतमा मुद्दा दायर गरेको छ । पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीहरुलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको छ ।
      अहिले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली छन । प्रशासनका अन्य कर्मचारी भ्रष्टाचार मुद्दामा तानिएपछि नगरपालिकामा जनशक्ति अभाव देखिएको हो । अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत पुष्कर प्रसाद भट्ट, लेखा अधिकृत गोविन्द राज उपाध्याय,  इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौं सुबास अधिकारी, नायव सुब्वा बिष्णु देव भट्ट, लेखापाल (सहायक पाँचौ ) दिपेन्द्र चौधरी,प्रशासकीय अधिकृत हरिसिंह धामी, र शाखा अधिकृत नरबहादुर शाह ,शिक्षा शाखा प्रमुख हरिदत्त जोशीलाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


  • सम्बन्धित विषय:

  • # भीमदत्त नगरपालिका
  • प्रतिक्रिया दिनुहोस