महेन्द्रनगर । बैतडीको दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकालले विजयादशमीमा पनि पठनपाठन जारी राख्ने भएका छन । विजयादशमीका अवसरमा एक महिनासम्म बिदा दिइने भए पनि यस वर्ष कोरोना महामारीका कारण विद्यार्थीहरुको पढाई प्रभावित भएपछि दुवै गाउँपालिकाले सूचना जारी गर्दै छ दिनबाहेक दसैँ बिदाको समयमा पनि सबै विद्यालय खुला रहने जनाएका हुन ।
दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पन्तका अनुसार यही असोज २६ गते फूलपातीका दिनदेखि असोज ३१ गतेसम्म मात्र बिदा हुने र आगामी कात्तिक १ गतेदेखि नियमितरुपमा पठनपाठन हुनेछ । डिलाशैनी गाउँपालिकाले पनि असोज २६ देखि असोज ३१ गतेसम्म बिदा हुने जनाएको छ ।
.gif)