बैतडी । जिल्लाको मेलौली नगरपालिकामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ रन्तोलीका २८ बर्षीय उमेश भण्डार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
दुर्घटनामा परी ३८ जना घाइते भएका छन् । ३८ जना घाइते मध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घाइतेको पहिचान हुन बाँकी रहेको छ । घाइते मध्ये २२ जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।
पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली –पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
.gif)