मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बैतडीमा बस दुर्घटना: ४२ जना सवार रहेको पुष्टि, एकको मृत्यु, २५ गम्भीर घाइते


पश्चिम प्रेस
सोमबार, असार २५ २०८०
  • 668
    Shares

  • images
    images
    बैतडीमा बस दुर्घटना: ४२ जना सवार रहेको पुष्टि, एकको मृत्यु, २५ गम्भीर घाइते

    बैतडी । बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका वडा नं ६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

    सोमबार दिउँसो लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दुर्घटना हुँदा चालकसहित ४१ जना घाइते भएका पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खत्रीले बताए । 

    घाइतेमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ भने १६ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते सबैलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी निरीक्षक खत्रीले बताए । घाइतेहरुको पहिचान हुन भने बाँकी रहेको छ । 

    पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली –पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो । 

     


  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • प्रतिक्रिया दिनुहोस