मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

डोटीमा सरकारी नम्बरको गाडी दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु


पश्चिम प्रेस
बुधबार, असार २७ २०८०
  • 1.6K
    Shares

  • images
    images
    डोटीमा सरकारी नम्बरको गाडी दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु

    डोटी । डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा बा १ झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ बर्षिय हिरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरिक्षक यक्षराज जोशीले जानकारी दिए।

    गाडीमा सवार अन्य तीन जना सामान्य घाइते भएका छन् । आज (बुधवार) बेलुका आदर्श गाउँपालिकाबाट सायल गाउँपालिका तर्फ जाँदै गर्दा अनियन्त्रीत भइ कच्ची सडकबाट ५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

     


  • सम्बन्धित विषय:

  • # गाडी दुर्घटना
  • प्रतिक्रिया दिनुहोस