शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बाढीले चुँडालेको झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै


पश्चिम प्रेस
शुक्रबार, असार २९ २०८०
  • 708
    Shares

  • images
    images
    बाढीले चुँडालेको झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै

    महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा बाढीले चुँडालेको झोलुङ्गे पुलको सामान सुरक्षित स्थानमा राख्न थालिएको छ । गत वर्षको बाढीले चुँडालेको पुलका सामान खोलेर वडा कार्यालयमा राख्न लागिएको हो । 

    अबिरल वर्षाका कारण नदीमा बाढी आउँदा पुल भएको स्थानमा ब्यापक कटान भइरहेको छ । जग्गा कटान हुँदा पोल ढलेर नदीमा खसेको छ । पुलका सामान हटाएर सुरक्षित स्थानमा राख्न थालिएको वडाध्यक्ष नवलसिंह रानाले बताए। पुलको सामान चोरी हुनसक्ने भएकाले सुरक्षित स्थानमा राख्न थालिएको उनको भनाइ छ ।

    “पुल खोल्नका लागि मजदुरको ज्याला र ढुवानी खर्च नगरपालिकाले व्यहोर्ने आश्वासन दिएको छ”, वडाध्यक्ष रानाले भने। 

    निर्माण भएको एक वर्ष नपुग्दै बाढीका कारण गत वर्ष पुल चुँडिएर नदीमा खसेको थियो । पुल ढलेपछि स्थानीयले नदी तर्न सास्ती खेप्दै आएका छन् । विद्यार्थी र बिरामीलाई यसबाट बढी समस्या भएको छ । “नदीमा ढलेको पुल हटाउन एक वर्ष कुर्नुप¥यो”, स्थानीय लक्ष्मण रानाले भने, “नयाँ पुल निर्माणको माग गरेका छौँ, सुनुवाइ भएको छैन ।” रु दुई करोड ५० लाखको लागतमा उक्त पुल निर्माण गरिएको थियो । 

     


  • सम्बन्धित विषय:

  • # बाढी
  • प्रतिक्रिया दिनुहोस