मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा भ्रष्टाचार आरोपमा एक वडा अध्यक्ष माथी कार्यकक्षमै कालोमोसो


पश्चिम प्रेस
बिहीबार , माघ २७ २०७८
  • 1.0K
    Shares

  • images
    images
    कञ्चनपुरमा भ्रष्टाचार आरोपमा एक वडा अध्यक्ष माथी कार्यकक्षमै कालोमोसो

    महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका –२ का वडाध्यक्ष प्रेम खातीमाथि कार्यकक्षमै कालोमोसो दलिएको छ । बिहीबार दिउँसो विप्लवका कार्यकर्ताले वडाध्यक्ष खातीमाथि कार्यकक्षमै गएर मोसो दलेका हुन । वडाध्यक्षले भ्रष्टाचार गरेको भन्दै मोसो दलेको विप्लव निकट युवा संगठन नेपाल कञ्चनपुरले जनाएको छ । युवा संगठन कञ्चनपुरका अध्यक्ष विकल्पले विज्ञप्ती जारी गर्दै वडाअध्यक्ष खातीले वडा भवनको भाडा, कर्मचारी मनोमानी राखेको, कालिकिच तालमा उपभोक्ता समितिको कार्यालयदेखि क्याम्पसम्म सडक निर्माणमा आर्थिक अनियमितता गरेको, वडा कार्यालयमा अनुपस्थित भएको, बसपार्कका लागि भनि ल्याएको गिट्टी बालुवा २७ टिप्पर बेचेको, एकल महिलाका लागि २८ लाखमा बनाएको ४ कोठे भवनमा अनियमितता गरेको, उपभोक्ता समितिमा पनि मनोमानी तरिकाले आफ्नो अनुकुल काम गरेको, साझौता र साना किसान लघुवित्तिलाई जमिन सहित १५ लाख दिने निर्णय गरि अनियमिता गरेको आरोपमा जनकार्बाही गरेको आरोप लगाईएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वडाध्यक्षमाथि कालोमोसो दल्ने समुहको खोजि भईरहेको जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस