आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

सार्वजनिक गाडीको भाडा घट्यो, काठमाडौँ—बैतडीको कति ?


पश्चिम प्रेस
सोमबार, साउन १ २०८०
  • 834
    Shares

  • images
    images
    सार्वजनिक गाडीको भाडा घट्यो, काठमाडौँ—बैतडीको कति ?

    महेन्द्रनगर । सरकारले सार्वजनिक गाडीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा घटाएको हो ।  

    स्वचालित प्रणालीअनुसार डिजलमा चार र पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ घटेको थियो । यसैलाई आधार बनाएर विभागले यात्रुवाहक गाडीमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ । भाडा घटेसँगै काडमाडौँ—बैतडीको भाडा रु २५१० कायम गरिएको छ । 

    यसैगरी मालवाहक गाडीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटेको विभागले जनाएको छ । घटेको भाडा आज सोमवारदेखि नै लागू हुने छ । घटेको यो भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने गाडीमा लागू हुनेछ । छोटो दुरीको गाडी भाडा भने प्रदेश सरकारले समायोजन गर्नेछ ।


  • सम्बन्धित विषय:

  • # भाडा घट्यो
  • प्रतिक्रिया दिनुहोस